विश्वकर्मा पूजा आज, श्रम र सीपको सम्मान

शिल्प र प्रविधिका देवता भगवान विश्वकर्माको पूजा आज देशभर धुमधामका साथ मनाइँदैछ। नेपाली पात्रो अनुसार भाद्र महिनाको अन्तिम दिन अर्थात् कन्या संक्रान्तिका दिन यो पर्व मनाउने परम्परा रहेको छ। इन्जिनियर, मिस्त्री, सिकर्मी, डकर्मी, मेकानिक, चालकदेखि लिएर कारखाना, वर्कसप, ग्यारेज र कम्प्युटर सञ्चालन गर्ने सबैले आज आफ्ना औजार तथा मेसिनको पूजा गर्ने गर्छन्।

आजका दिन सबै उद्योग, कलकारखाना र सवारी साधनमा विशेष सरसफाई गरिन्छ। मेसिन, हातहतियार र कम्प्युटरमा अबिर, टिका र माला चढाएर पूजा गरिन्छ। धेरैजसो ठाउँमा यस दिन कामकाज बन्द गरेर कामदारहरूलाई सम्मानसहित भोजन गराउने चलन छ।

आजका दिन अधिकांश वर्कसप र अटो ग्यारेजहरू आज बन्द रहेका छन्। व्यवसायीहरूले आफ्ना नयाँ सवारी साधन तथा औजारको पूजा गरी व्यवसायमा सफलताको कामना गरेका छन्।

धार्मिक विश्वास अनुसार भगवान विश्वकर्माले स्वर्ग, लंका र द्वारका नगरी निर्माण गर्नुका साथै देवताहरूका लागि अस्त्र-शस्त्र पनि निर्माण गर्नुभएको थियो। त्यसैले श्रमलाई नै पूजा गर्ने यस पर्वले “काम नै धर्म हो” भन्ने सन्देश दिन्छ।

विश्वकर्मा पूजाको सबैमा शुभकामना।

प्रतिक्रिया
संबन्धित समाचार
ताजा समाचार